नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्यवृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा विक्री मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । यसअघि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ रहेको थियो ।

मंगलबारको वृद्धिसँगै सुर्खेत र दिपायलमा पनि पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै पोखरा र दाङमा १ सय रुपैयाँ ५० पैसा प्रतिलिटर पेट्रोलको मूल्य पुगेको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);