पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो

petrol

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर मूल्य १ सय ७ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल १ सय ५ रुपैया प्रतिलिटर रहेको थियो । यस्तै, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);