नेपाली काँग्रेसको १५ औं महाधिवेशन जारी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

नेपाली काँग्रेसको १५ औं महाधिवेशन जारी

काठमाडौं ।

नेपाली काँग्रेसको १५ औं महाधिवेशन जारी छ । अचानक आएको भीषण वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रश्ताव तथा प्रतिवेदनमाथिको छलफल निष्कर्षमा पु¥याई पारित गर्ने तयारी गरिरहेका बेला प्रतिकूल मौसमका कारण कार्यक्रम अवरुद्ध हुन पुगेको हो । काँग्रेसको केन्द्रिय कार्यालयले दिएको जानकारीअनुसार महाधिवेशनको आजको मुख्य कार्यसूची विभिन्न सांगठनिक तथा नीतिगत प्रतिवेदनहरूमाथि छलफल गरी तिनलाई अनुमोदन गर्ने रहेको थियो । प्रतिनिधिहरू प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने र पारित गर्ने प्रक्रियामा जुटेका थिए । यद्यपि, एक्कासी मौसममा आएको परिवर्तन र तीव्र हावाहुरीसहितको वर्षाले बन्दसत्र स्थलको भौतिक व्यवस्थापन र प्रतिनिधिहरूको उपस्थितिमा असहजता सिर्जना गरेको छ । सुरक्षा र व्यवस्थापकीय दृष्टिकोणले हाललाई सत्रलाई केही समयका लागि स्थगित गरिएको बताइएको छ ।

Leave a Reply