कांग्रेस महाधिवेशन पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन सम्पन्न, २१ जिल्लाको कृयाशिल विवाद अझै टुंगो लागेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस महाधिवेशन पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन सम्पन्न, २१ जिल्लाको कृयाशिल विवाद अझै टुंगो लागेन

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पाँचपटक सम्म कार्यतालिका सारेको काँग्रेसले ४१ जिल्लाको वडा अधिवेशन सकाएको छ । २१ जिल्लाको कृयाशिल विवाद अझै नटुंगिएकाले निर्वाचन प्रकृया अगाडि बढ्न नसक्दा अधिवेशन हुन सकेन । जसका कारण नेता तथा कार्यकर्ता अझै अन्योलमा छन् ।

शुक्रबार ५६ जिल्लाका वडाको अधिवेशन सक्ने तयारी गरेकोमा १५ जिल्लामा प्राकृतिक विपत् र अन्य कारणले रोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्याता टुंगो लागेर विवरण पाएको तीन दिनभित्र निर्वाचन गराउन सक्ने गरि केन्द्रीय निर्वाचन समिति तयारी अवस्था रहेको बताइएको छ । शुक्रबार हुन नसकेका १५ मध्ये ११ जिल्लामा २१ भदौका लागि निर्वाचन तय भएको र चार जिल्लामा २३ भदौभित्र वडा अधिवेशन सम्पन्न हुने बताइएको छ ।

क्रियाशील सदस्यता टुंगो नलाग्ने जिल्लामा प्रदेश २ का आठवटै छन् । राजधानी काठमाडौंकै वडाहरूमा क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । बागमती प्रदेशको काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवामा पनि सदस्यता विवाद छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);