सुर्खेतसहित थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सुर्खेतसहित थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद कायमै रहेका १३ जिल्लामध्ये ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । सदस्यता छानविन कार्यदलले नाम दिएसँगै केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा थप ५ जिल्लाको नामावली प्रकाशित गरेको हो ।

कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहाको क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको जानकारी दिए । ‘५ जिल्लाको क्रियाशील सदस्यताको सूची हिजै प्राकाशित भएर हिजै वेबसाइटमा प्रकाकित गरिसकेका छौँ’, श्रेष्ठले भने, ‘हिमाली जिल्ला भएकाले डोल्पाको निर्वाचन अधिकृतको टोली अहिले सामान बुझेर आजै त्यता जाने तयारीमा छ ।’

क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन । प्रदेश २ का सिरहा र महोत्तरीको क्रियाशील सदस्यताको टुंगो लागेपनि सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साको भने सदस्यता टुंगो लागिसकेको छैन । यस्तै रसुवा, रुपन्देही र कैलालीमा पनि  सदस्यता विवाद टुंगिएको छैन ।

१८ भदौ र ५ असोजमा वडा अधिवेशन तोके पनि यी जिल्लामा वडा अधिवेशन हुन सकेको थिएन । अब क्रियाशील सदस्ताको सूची सार्वजनिक भएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको छ । निर्वाचन समितिका एक सदस्यका अनुसार सम्भवत् आजै बाँकी जिल्लाको पनि क्रियाशील सदस्यता विवाद टुंगिने छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले पटकपटक सहमति गरी क्रियाशील सदस्यता विवाद टुंग्याइरहेका छन् । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले छिट्टै क्रियाशील सदस्यताको सूची प्रकाशित गरेर दशैँअगाडि नै वडा र पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो ।

साथै वडा अधिवेशन भएका जिल्लाहरूमा शनिबारदेखि पालिका अधिवेशन भएका छन् । २१ वटा हिमाली जिल्लामा कांग्रेसले प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र हुँदै १८ असोज भित्र जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);