कांग्रेसले सार्वजनिक गर्‍यो थप ३३ जिल्लाका क्रियाशील सदस्यको नामावली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कांग्रेसले सार्वजनिक गर्‍यो थप ३३ जिल्लाका क्रियाशील सदस्यको नामावली

nepali congress

काठमाडौं । नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । क्रियाशील सदस्यता छानविन समितिको जिल्लाहरुबाट प्राप्त क्रियाशील सदस्यतालाई मान्यता दिँदै कांग्रेसले आफ्नो सफ्टवेयरमार्फत् नामावली सार्वजनिक गरेको हो ।

एक सय १ स्थानका क्रियाशील सदस्यहरुको नाम भने कांग्रेसले यस अघि नै टुंग्याईसकेको छ । शनिबार बसेको छानबिन समितिको बैठकले थप जिल्लामा विवादको अन्त्य गर्दै क्रियाशील सदस्यको विवरण अघि बढाएको हो । आगामी भदौमा तोकिएको १४औँ महाधिवेशनका लागि कांग्रेसले ५० प्रतिशत थपेर क्रियाशील सदस्यतालाई अन्तिम रुप दिइरहेको छ ।

सात जिल्लामा भने अझै कांग्रेसको क्रियाशील सदस्यताको नामावली टुंगिएको छैन । सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेल्धुरामा सदस्या नावावली टुंगो नलागेको हो । शनिबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यतालाई टुंग्याउन असार २० गतेसम्मको समय दिने निर्णय गरेको छ ।

आज सार्वजनिक गरिएका ३३ जिल्लाका क्रियाशील सदस्यताको नामावलीमा कुनै दाबी विरोध भए दर्ता गराउन पनि समितिले आह्वान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);