कांग्रेसले गर्‍यो थप १० जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक, जिल्लाहरूमा निर्वाचन अधिकृत पनि खटाइयो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

कांग्रेसले गर्‍यो थप १० जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक, जिल्लाहरूमा निर्वाचन अधिकृत पनि खटाइयो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप १० जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ ।

क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका १० जिल्लाका क्रियाशील सदस्यको नामवली सार्वजनिक गरिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।

समितिले धनकुटा, भोजपुर, गल्मी, प्यूठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछामको क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको हो ।

साथै यी जिल्लाहरूमा निर्वाचन अधिकृत पनि खटाइएको छ । यसअघि कांग्रेसले ३८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकिसकेको छ ।

Leave a Reply