नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझायो

nepali congress

काठमाडाैं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई ३८ जिल्लाको क्रियाहिल सदस्यको नामावली बुझाएको हो । निर्वाचन समितिलाई वडा, पालिका, क्षेत्रीय (प्रदेश र प्रतिनिधिसभा) र जिल्ला अधिवेशनका लागि चारप्रति क्रियाशील सदस्य नामावली बुझाएको छ ।

क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला ३९ जिल्लाको सदस्यता बाँकी राखेर अन्य जिल्लाको सदस्यता बुझाइएको कांग्रेसले जनाएको छ ।

निर्वाचन समितिलाई बुझाइएको क्रियाशील सदस्यको नामावलीमा प्रदेश १ का १०, बागमती प्रदेशका ४, गण्डकीका १०, लुम्बिनी प्रदेशका ५ कर्णालीका ४ र सुदुरपश्चिमका ५ जिल्ला रहेका छन् ।

निर्वाचन समितिले तोकिएकै मितिमा वडा अधिवेशन सुरु गर्ने गरी काम अगाडि बढ्ने र अन्य जिल्लाको सदस्यता पनि यिथासक्य छिटो उपलब्ध गराउन माग गरेको छ । नेपाली कांग्रेसको वडा अधिवेशन आगामी भदौ १८ गते हुने कार्यतालिकामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);