महाधिवेशनका लागि देखिएका व्यवहारिक कठिनाइलाई सम्बोधन गर्न नेपाली कांग्रेसमा सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

महाधिवेशनका लागि देखिएका व्यवहारिक कठिनाइलाई सम्बोधन गर्न नेपाली कांग्रेसमा सहमति

काठमाडाैं । महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो ।

सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न अहिले पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सुरु भएको छलफलमा पौडेल समूहका शीर्ष नेताहरुसँगै केही जिल्लाका सभापतिहरु पनि सहभागी रहेको बताइएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबारसम्म ४८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिसकेको छ । समितिले शुक्रवार भोजपुर, गल्मी, प्यूठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछामको गरी थप १० वटा जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);