कांग्रेसको सानेपामा जारी रिले अनसन स्थगन गर्ने पौडेल पक्षको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसको सानेपामा जारी रिले अनसन स्थगन गर्ने पौडेल पक्षको निर्णय

काठमाडौं । कृयाशिलहरुको तथ्याङक अनलाईनमा सार्वजनिक गर्ने लगाएतका मुद्धा अघि सारेर नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सानेपामा रिले अनसनमा बसेका वरिष्ठ नेता पौडेल पक्षका जिल्ला सभापतिहरुले आजबाट रिले अनसन स्थगन गर्ने निर्णय गरेका छन् ।

आज बसेको पौडेल पक्षका शीर्ष नेता र उनी पक्षीय जिल्ला सभापतिहरुको बैठकले महाधिवेशन हुने परिस्थिति निर्माण भएको उल्लेख गर्दै रिले अनसन रोक्ने निर्णय गरेको हो ।

भदौ ९ देखि पौडेल पक्षका जिल्ला सभापतिले २४ घण्टे रिले अनसन बस्दै आएका थिए।

नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरि नेताहरुबीच सहमति जुटेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि कृयाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको छ ।

सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले आज आफूनिकटका नेता र जिल्ला सभापतिहरुसँग चाक्सिबारीमा छलफल गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);