एक दुई वटा पात खस्दैमा रुखलाई केही फरक पर्दैन, नयाँ–नयाँ पात पलाउँछ : ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एक दुई वटा पात खस्दैमा रुखलाई केही फरक पर्दैन, नयाँ–नयाँ पात पलाउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरु पार्टी छोडेर अर्को पार्टीमा खोल्दैमा एमालेमा केही फरक नपर्ने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपालसहितका नेताहरु पार्टी विभाजन गरेर जाँदैमा केही फरक नपर्ने बताएका हुन् ।

आलीले कटाक्ष शैलीमा भने–‘एक दुई वटा पात खस्दैमा रुखलाई केही फरक पर्दैन । पीर मान्नु पर्ने अवस्था छैन । रुखबाट पात झरेर केही हुँदैन। नयाँ–नयाँ पात पलाउँछ।’

त्यसैगरी अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैले जित्न नसक्ने दाबी गरेका छन् । एमाले महासागर जत्रा पार्टी भएको र एमालेसँग लड्न जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो दल हुने उनको दाबी छ ।

कार्यक्रममा बोल्दै ओली माधवकुमार नेपालमाथि आक्रमक बनेका थिए । उनले नेपाललाई नेपाललाई महासागर जत्रो पार्टीमा पौडी खेल्न नपुगे खाल्डो खनेको आरोप लगाए । उनले कम्युनिष्ट सरकार ढालेर पार्टी फुटाउन लाग्ने ‘कुलङ्गार’हरु पार्टीमा जन्मिएको समेत आरोप लगाए।

त्यसैगरी अध्यक्ष ओलीले आफूलाई षड्यन्त्र गरेर हटाएको हुनाले आगामी निर्वाचनमा एमालेले त्यसको बदला लिने समेत दाबी गरे । उनले भने–‘कुन ठाउँमा को उम्मेद्वार हुने टुंगो छैन। अरूसँग प्रतिस्पर्धा गर्ने हो। जहाँ एमाले उठ्छ, त्यहाँ जित्नुपर्छ। हामीले अहिल्यैदेखि त्यो वातावरण बनाउनुपर्छ । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);