एमालेसँग लड्न कसैले सक्दैनः ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमालेसँग लड्न कसैले सक्दैनः ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले एक्लै लड्ने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दाबी समेत गरे ।

आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने–‘म सुन्दैछु– मोर्चाबन्दी गर्छन रे । एमालेसँग एक्लै लड्न सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लड्न कोही सक्दैन–सबैलाई थाहा छ । त्यसकारण मिलाउने अरे, मिलेर लड्ने रे । एक÷एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जन जति नै त भयो होला नि, होईन ? एक÷एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १ सय २० होइन् ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नाम समेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रिय सदस्य र २९ जना सांसद त्यतिजना मिलेर एमालेसँग लड्ने ? उहाँहरु कुरामा लड्न सक्नु हुन्छ । काममा होईन्, मैदानमा होईन्, व्यवहारमा होईन ।’

अध्यक्ष ओलीले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरु सत्तामा रहेको उल्लेख गर्दै उनले त्यस्ता षडयन्त्रकारीहरुलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दाबी समेत गर्नु भयो । उनले पार्टीमा फुट नआएको पनि स्मरण गराए । नुहाउँदा एक÷दुई वटा केस झरेजस्तो केही मान्छेहरु आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);