भएन सुनुुवाइ कांग्रेस रौतहट कार्यकर्ताको माग, करीब एक सय दिन पुग्न लाग्यो रिले अनसन (एकरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

भएन सुनुुवाइ कांग्रेस रौतहट कार्यकर्ताको माग, करीब एक सय दिन पुग्न लाग्यो रिले अनसन (एकरिपोर्ट)

काठमाडौं । करिव एक सय दिन पुग्न लागिसक्यो नेपाली कांग्रेसका रौतहट कार्यकर्ताहरु रिले अनसनमा बसेको । जिल्लामा क्रियाशप्ल सदस्य विवाद देखिएको र त्यसलाई पार्टीले समाधान गर्न नसकेको भन्दै उनीहरु रिले अनसनमा बसेका हुन् । दशैँमा समेत घर परिवार नभनी पार्टीभित्रको वेतिथि अन्त्य गर्न भन्दै अनसन उनीहरू अनसनमा छन् तर कांग्रेसले अझै समस्या समाधान गर्न सकेको छैन ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणमा धांधली भएको भनेर केही जिल्लाका ठाउँका कार्यकर्ताहरू नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा आन्दोलन र धर्नामा बसेका छन् । ती मध्ये रौतहटका कार्यकर्ताहरु त धर्ना बसेको पनि एक सय दिन पुग्न लागेको छ । जिल्ला सभापतिले व्यापक भ्रष्टाचार र अनियमित्ता गरेको, पार्टीको क्रियाशील सदस्यता नवीकरण प्रणाली बिधिसम्मत र निष्पक्ष रुपमा नभएको उनीहरुको गुनासो छ ।

तर अहिलेसम्म नेपाली कांग्रेसका शीर्ष नेताहरुले न त उनीहरुको माग नै सम्बोधन गरेका छन् न त उनीहरुसँग बार्ता गर्न खोजेका छन् । नयाँ व्यक्तिहरुलाई पार्टीभित्र प्रवेश गराउने र पैसाको दम्बमा ठेक्केदार र व्यापारीहरुलाई टिकट दिने प्रचलन बढेको र आफुहरु यसमा अवरोधक भएको पूर्व राज्य स्वास्थ्य राज्यमन्त्री समेत रहेका कांग्रेस नेता ब्रज किशोर सिंहले बताए ।

पार्टी शीर्ष नेताहरुको पेवा नभएर पार्टी बनाउनमा बीपी कोइरालादेखि गणेशमान सिंह र उनीहरुको नेतृत्वमा सहिद भएका धेरैको योगदान रहेको र आफुहरु अनसनमा बसेको भन्दै आगामी दिनमा पत्रकार सम्मेलन गरि पार्टीका ठूला व्यक्तिहरुले गरेको अनियमितता भ्रष्टाचार र आचरणविहिन कामको भण्डाफोर गर्ने उनको भनाई छ ।

नेपाली कांग्रेसभित्रमा तानाशाह प्रवृत्ति मौलाँदै गएको, पार्टीभित्र अलोकतान्त्रिक काम भइरहेको आफुहरुले विधिको लागि आमरण अनसन बसेको अनसनरत नेता कार्यकर्ताको भनाई छ ।

आफुलाई लोकतन्त्रको हिमायती ठान्ने कांग्रेसले पार्टीभित्र लोकतन्त्र, विधि विधान नै मेटाउने कोशिष भयो यसलाई हटाउनु पर्छ भन्दै अनसनमा बसेका आफ्नै कार्यकर्ताको माग सम्बोधन गर्न सक्दैन भने आम जनतालाई कसरी सुशासन र विधिको पाठ सिकाउने ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);