नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बसेको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ ।

रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै ५ महिना लगाएर प्रतिवेदन तयार पारेको छ । त्यस्तै १४ औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता धर्ना र आमरण अनसनमा बसेका छन् । कांग्रेसले यसअघि आजदेखि तय गरेको वडा अधिवेशन भने स्थगित भएको छ ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ । यसका साथै आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा पनि छलफलमा प्रवेश पाउने नेताहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);