जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले आज केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएको हो ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बताइएको छ । आजको बैठकले संसदीय दलको विधान पारित गर्ने र आधिकारिकता पाएसँगै पार्टी कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

कार्यकारिणी समितिको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने नेताहरुले जनाएका छन् । त्यसैगरी आजै बस्ने संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीको विषयमा टुंगो लगाउने पनि बुझिएको छ ।

जसपाको आधिकारिकता पाएको उपेन्द्र पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्य र २२ जना सांसद पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);