जसपाको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

जसपाको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित

काठमाडाैं, ५ चैत । जनता समाजवादी पार्टी जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।

बिहीबार विहान बसेको जसपाको पदाधिकारी बैठकमा दुई पक्षबीच मतभेद भएपछि कार्यकारिणी समितिको बैठक स्थगित भएको बताइएको छ । बैठकमा संसदीय दलको नेता र उपनेता छनौट गर्न लागिएको थियो । बैठकमा नयाँ सरकारका लागि कुन दलसँग गठबन्धन गर्ने भन्ने समेत तय हुने बताईएको थियो ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाखमा एकीकरणपछि जसपा बनेपनि एकीकृत दलको नेता र उपनेता छनोट भएको छैन ।

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् भने बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई ओलीसँग सहकार्य गर्न नसकिने अडानमा रहेका छन्। जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);