जसपा अध्यक्ष यादवले भने केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित छैन् | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

जसपा अध्यक्ष यादवले भने केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित छैन्

upendra-yadba

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् ।

शुक्रबार अध्यक्ष यादवले एक विज्ञप्ति निकालेर बैठक स्थगित नभएको जानकारी गराएका हुन्। अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक स्थगित भएको भनेर विज्ञप्ति निकालेपछि त्यस्को केहि समयमै अध्यक्ष यादवले विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

अध्यक्ष यादवले शनिवार र आइतवारका लागि बोलाइएको केन्द्रिय कार्यकारिणी समितिको बैठक स्थगित नभएको भन्दै बैठकमा उपस्थित हुन नेताहरुलाई आह्वान समेत गरेका छन् ।
विज्ञप्ति हेर्नुहोस

Leave a Reply