देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी दलको हस्ताक्षरसहित शितलनिवास प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी दलको हस्ताक्षरसहित शितलनिवास प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दावेदार गर्ने तयारी गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीके दावी गर्न लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ को (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्मका लागि समय तोकिएको छ । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको बैठकमा उपस्थित एक नेताले बताए ।

देउवाको पक्षमा बहुमत जुट्यो : विपक्षी गठबन्धन सिंहदरबारमा बसैको तिन दलको बैठकले सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको गठबन्धन स्रोतले जनाएको छ ।

स्रोतका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो । हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।

विपक्षमा रहेका दलहरुको भर्खर सम्पन्न बैठकपछि नेताहरु कांग्रेस संसदीय दलको कार्यालयबाट शीतलनिवास जान लागेका हुन् । नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना आवश्यक पर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);