संसद विघटनविरुद्ध रिट दर्ता गर्न विपक्षी दल सर्वोच्चमा , रिट दर्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद विघटनविरुद्ध रिट दर्ता गर्न विपक्षी दल सर्वोच्चमा , रिट दर्ता हुँदै

Sarbocha adalat

काठमाडौँ। संसद विघटनविरुद्ध रिट दर्ता गर्न विपक्षी गठबन्धनका शीर्षस्थ नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।

गठबन्धनमा रहेका सबै सांसदहरुको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनका नेताहरू सोमबार सर्वोच्च पुगेका हुन् ।

रिटमा विघटित प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षर र सनाखत भएको छ । यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १४९ जनाको नाम राष्ट्रपति समक्ष पठाइएको थियो ।

रिट दायर गर्ने अन्तिम समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेपछि एमालेको संख्या २३ मात्र भएको छ । रिट निवेदनमा नेपाली कांग्रेसका ६१,माओवादी केन्द्रका ४९,जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना सांसदको हस्ताक्षर रहेको छ ।

रिटमा संसद विघटनको निर्णय खारेज गर्न र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गराउन परमादेशको माग गरिएको बताइएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);