संसद विघटनविरुद्ध सिंहदरबारमा हस्ताक्षर र नागरिकता संकलन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद विघटनविरुद्ध सिंहदरबारमा हस्ताक्षर र नागरिकता संकलन जारी

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस लगायत विपक्षी दलहरू सर्वोच्च अदालत जाँने तयारी गरिरहेका छन् । प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको भन्दै पुनर्बहालीको मागसहित विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा जाने तयारी गरेको हो ।

सिंहदबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सांसदहरू भेला भएर नागरिकता र अदालतमा रिट हाल्ने तयारी स्वरुप सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन् । माओवादीका सांसदहरू पनि संसदीय दलको कार्यालयमा भेला भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय शनिवार गरेका थिए । विपक्षी दलहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू सहित सर्वोच्च जाने तयारी गरेको हो ।

यसअघि संविधानको धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्रीले विश्वासको मत नलिई नयाँ प्रक्रियामा गएको भन्दै शुक्रवार १२ जनाले रिट दर्ताका लागि छुट्टै निवेदन दिएका थिए । शुक्रवार ती रिट दर्ता हुन सकेका थिएनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);