विपक्षी गठबन्धनको बैठक बस्दै, प्रतिनिधिसभा विघटनविरुद्ध आजै सर्वोच्च अदालत जाने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विपक्षी गठबन्धनको बैठक बस्दै, प्रतिनिधिसभा विघटनविरुद्ध आजै सर्वोच्च अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

विपक्षी गठबन्धन आज प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ र त्यसअघि दलहरुले संसदीय दलको बैठक आह्वान गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिपक्षी दलहरु सर्वोच्च जाने तयारी भइरहेको नेताहरुले जनाएका छन् ।

शनिबार बसेको पाँच दलको विपक्षी गठबन्धनको बैठकले राजनीतिक र कानुनी लडाईं लड्ने निष्कर्ष निकालेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुको हस्ताक्षरसहित अदालत जाने बताएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);