पाँच दलको संयुक्त वक्तव्यः विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पाँच दलको संयुक्त वक्तव्यः विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने

काठमाडौं । प्रतिनिधि सभा विघटन पछि उत्पन्न परिस्थितिबारे छलफलका लागि बसेको विपक्षी पाँच पार्टीको संयुक्त बैठकले विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सडक र अदालतको लडाई लड्ने निर्णय गरेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको थियो ।

बैठक पछि नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा आलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि समेत आह्वान गरेको छ ।

आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले महामारीको भयावह अवस्थाको सामना गरिरहेका जनताको जीवन झन् गम्भीर संकटमा धकेलेको वक्तव्यमा उल्लेख गरिएको छ ।

साथै बैठकले एक सय ४९ सांसदको हस्ताक्षर सहित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट हाल्न जाने निर्णय पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);