सर्वोच्चको फैसला पछि विपक्षी गठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सर्वोच्चको फैसला पछि विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँग विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो ।

सिंहदरबारमा बैठक बस्ने तयारी भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सर्वोच्चको निर्णयबारे समीक्षा हुने छ र आगामी रणनीनि तय गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);