पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न पाँच दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न पाँच दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पाँच पार्टीको संयुक्त बैठक बस्ने भएको छ ।

शनिबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि सभा विघटनपछिको अवस्था र ‘प्रभावकारी’ रणनीति तय गर्न पाँच पार्टीको बैठक बस्ने बताइएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा सहभागी हुने छन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई राजनीतिक, न्यायीक र विभिन्न क्षेत्रबाट चुनौति दिनेबारे छलफल हुने बताएको छ ।

सर्वोच्च अदालतले गत पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै फागुन २३ गते पुनःस्थापित गरेको साढे दुई महिनापछि पुनः भंग भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);