षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसदको चीरहरण: नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसदको चीरहरण: नेता नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले पुनः संसद विघटन हुनु र मध्यावधि चुनाव घोषणा गरेर फेरि पनि संसदको चीरहरण भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सामाजिक सञ्जाल मार्फत पुन प्रतिनिधि सभा विघटन हुनु र मध्यावधि चुनाव घोषण गनृू संसदको चीरहरण भएको भन्दै यो प्रतिगमनको भाग २ भएको बताएका छन् । षड्यन्त्रकारीको उक्साहट र चाहनामा पुन प्रतिनिधिसभा विघटन गेरेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्– ‘षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसदको चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ ।’

नेता नेपालले चुनावको घोषणा पनि सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको जालझेल भएको बताएका छन् । उनले यो व्यवस्था नै कू गर्ने अग्रसरता भएको बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्मलाई कुठाराघात गरेको बताएका छन् ।

उनले लेखेका छन्–‘संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो । यो व्यवस्था नै कु गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’

नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको भन्र्सना गर्दै यसको डटेर प्रतिवाद गर्न समेत आह्वान गरेका छन् । ‘केपी ओलीको यो कदमको भन्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

राष्ट्रपति भण्डारीले शुक्रबार राति दोश्रो पटकका लागि प्रतिनिधि सभा विघटन गरेपछि नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);