जापानमा आज संसदीय निर्वाचन, दुई तिहाई पाउने प्रधानमन्त्रीको अपेक्षा | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

टोकियो, ५ कार्तिक । जापानमा आज संसदीय निर्वाचन हुँदैछ । प्रधानमन्त्री सिन्जो आबेले एक महिनाअघि संसद् विघटन गर्दै मतदानका लागि आजको मिति तोकेका थिए। संसदको अवधि एक वर्ष बाँकी छँदै प्रधानमन्त्री आबेले संसदको तल्लो सदन विघटन गरेका थिए। उत्तर कोरियाले लगातार गरिरहेको परमाणु परीक्षण र त्यसले जापानमा परेको चुनौतीलाई जोडेर आबेले चुनाव घोषणा गरेका हुन्।

यो मौकामा चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद् भंग गरेको विपक्षीले आरोप लगाएका छन्। आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले दुई तिहाई बहुमत ल्याउने अपेक्षा आबेले गरेका छन्। दुई तिहाई सीट जितेर संविधान संशोधन गर्ने र रक्षासम्बन्धमा निर्णयाधिकार आफ्नै देशमा राख्ने चाहना आबेको छ।

उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेकोमा आबेप्रति जनलहर बलियो देखिएको छ। यही मौकाको सदुपयोग गर्न उनले चुनाव घोषणा गरेका थिए। ताजा मत सर्वेक्षणहरुमा पनि उनको दल लिबरल डेमोक्रेटिक पार्टी अरुको तुलनामा निकै अघि देखिएको जनाइएको छ। एजेन्सी

ताजा समाचार