जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

एजेन्सी, १२ भदौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिनुभएको छ । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताउनुभयो । जापानी सञ्जारमाध्यमका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराउनु भएको थियो र उहाँ लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित रहनु भएको छ ।

पछिल्लो समय प्रधानमन्त्री आबेको स्वास्थ्य अवस्था झन बिग्रिएको बताइएको छ । पत्रकार सम्मेलनमा आबेले आफूलाई १३ वर्षदेखि अल्सरेटिभ कोलाइटिसको समस्या देखिएको पनि बताउनुभयो । उहाँले आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको बताउनु भएको पनि जापानी संचारमाध्यमले जनाएका छन । आफूले स्वास्थ्यलाई मध्यनजर गर्दै राजीनामा दिनुपरेको आबेको भनाई छ ।

आबेले नयाँ नेतृत्वले कोरोना महामारीका कारण सिर्जित समस्यालाई समाधान गर्ने विश्वास पनि ब्यक्त गर्नुभएको छ । उहाँले जनसमर्थन हुँदाहुँदै र कार्यकाल एक वर्ष बाँकी रहँदै राजीनामा दिनुभएको हो आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ । आबेको राजीनामासँगै सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीएलडीपीमा नेतृत्वका लागि खिचातानी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहनु भएका आबेको आलोचना भइरहेको थियो । कोरोना महामारीका कारण जापानको अर्थतन्त्र इतिहासमै सबैभन्दा कमजोर भएको छ ।

जापानमा अहिलेसम्म करिब ६६ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जापनमा कोरोनाबाट अहिलेसम्म एक हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);