जापानी प्रधानमन्त्री सुगाले आगामी निर्वाचनमा उम्मेदवारी नदिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जापानी प्रधानमन्त्री सुगाले आगामी निर्वाचनमा उम्मेदवारी नदिने

एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आगामी निर्वाचनमा पुनः उम्मेदवारी नदिने भएका छन् । गत सेप्टेम्बरमा शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको थियो ।

प्रधानमन्त्री सुगामाथि सर्वसाधारणको समर्थन ह्वात्तै घटिरहेका बेला उनले आगामी निर्वाचनमा उम्मेदवारी नदिने बताएका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण जापान नराम्रोसँग प्रभावित छ ।

अहिलेसम्म १५ लाख जापानी कोरोनाबाट संक्रमित भएका छन् । कोभिडबीच ओलम्पिक खेल आयोजना गर्ने सरकारको घोषणा अलाेकप्रिय सावित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);