अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच महिलाहरु सडकमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच महिलाहरु सडकमा

एजेन्सी । अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच महिलाहरु सडकमा उत्रिएका छन् ।

अफगानी महिलाहरुले राजधानी काबुल स्थित राष्ट्रपति भवन अगाडी प्रदर्शन गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उनिहरुले सरकारमा महिलालाई पनि सामेल गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउनु पर्ने उनिहरुको माग छ । अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै विश्वभर त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गरेका हुन ।

उनीहरुले पुरुषसरह महिलालाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन् । बीस वर्ष अगाडीको तालिबानी शासनमा महिलामाथिको अत्याचार अब नहोस भन्ने उनिहरुको भनाइ छ । यसअघि तालिबानले महिला सहित समावेशी सरकार बन्ने स्पष्ट गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);