तालिवान विद्रोही समूहले सत्ता नियन्त्रणमा लिएसँगै अफगानिस्तानका महिलाको विषयप्रति विश्वभरबाट चिन्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तालिवान विद्रोही समूहले सत्ता नियन्त्रणमा लिएसँगै अफगानिस्तानका महिलाको विषयप्रति विश्वभरबाट चिन्ता

काठमाडाैं । अफगानिस्तानमा तालिवान विद्रोही समूहले सत्ता नियन्त्रणमा लिएसँगै अफगानिस्तानका महिलाको विषयमा विश्वभरबाट चिन्ता व्यक्त भएको पाइएको छ ।

विद्रोही समूह सरकारमा आएसंगै उसले महिलालाई गर्ने व्यावहारको बारेमा चासो प्रकट भएको छ । तालिवानले भने अब कुनै अभद्र काम नगर्ने निर्णय गरेको र सरकारमा समेत महिलाकोे सहभागिता हुने बताएको छ । तर शरिया कानुन लागु गर्ने बताईपछि महिलाको अधिकार कुन्ठित हुने हो की भन्ने चिन्ता बढेको छ ।

विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानका महिलाको विषयमा चिन्ता व्यक्त गरिएका छन् । अफगानि महिलालाई कसरी अधिकार सम्पन्न बनाउन सकिन्छ भन्ने विषयमा यो भन्दा पहिले पनि विभिन्न समयमा बहसहरु हुने गरेका थिए ।

महिलाले समाजमा ठूलो निणर्य गर्न नपाउने त्याँहाको कानुन अनुसार अफगानी महिलाहरु सधै पछाडी रहेका थिए । अहिले भने विद्रोही समूह तालिवानले अफगानि महिलालाई सरकारमा ल्याउनेतर्फ केही सकारात्मक वक्ततव्य जारी गरेपछि अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरुले खुसी व्यक्त गरेका छन् ।

केही समय अगाडिसम्म विद्रोही समूहले लिन लागेको सत्तामा अफगानि महिलाको अधिकार कुण्ठीत हुनेतर्फ सबैको ध्यान केन्द्रीत भएको थियो ।

केही समय अगाडी मात्रै तालिवानी समूले त्याँहाका महिलाका अधिकार कुण्ठीत हुनेबारे भएको भ्रमलाई चिर्दै विशेष गरेर शिक्षा, काम गर्ने स्वतन्त्रता। स्वतन्त्रतापूर्वक हिड्डुल गर्न पाउने अधिकार सुनिश्चित हुने जनाएसँगै त्याँहाका महिला नागरिकले खुसी व्यक्त गरिरहेका छन् ।

तालिवानहरुले चलाउने सत्तामा महिला बालबालीका तथा वृद्ध नागरिकलाई उचित सम्मानका साथ अगाडि लैजाने विचारहरु बाहिर आइरहेका छन् ।अहिले अफगानिस्तानका राष्टिय्य तथा निजि टेलिभिजन च्यानलहरुमा महिलासँग विद्रोही समूहका प्रतिनिधिहरुले अन्तरवार्ता दिएको विषय पनि चर्चाको केन्द्र बनिरहेको छ ।

महिलालाई प्रत्यक्ष राजनितिमा समावेस गर्नुु तथा देशमा हुने विभिन्न ठूला निणर्यहरुमा महिला सहभागिता बढाउने विद्रोही समूहले भनिरहेको विभिन्न अन्तराष्ट्य सञ्चार माध्यमा खबरहरु आईरहेका छन् । अफगानिस्तानमा महिलाका मुद्धाहरुलाई पहिलेबाटै खासै प्राथमिकतानका साथ नहेरेको भन्दै विभिन्न मानवअधिकार संघसंस्थाले यसको विरोध गर्दै आएका थिए ।

अफगानी महिलाहरुलाई आफुले रोजेको जिवनसँग सम्मेत साक्षत्कार गर्न कडाई गरिएकै कारण हरेक वर्ष ठूलो संख्यामा त्याँहाका महिलाहरुले आत्माहत्या गर्ने गरेका समाचाहरु बाहिरहेको तथ्य विश्वसामू रहेको छ । विद्रोही समूले महिलाका अधिकारहरु सुनिश्चित गरौँ विश्व समूदायको आकाक्षा पनि यही छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);