अफगानी राष्ट्रपतिद्वारा १५ सय तालिवान बन्दी रिहा गर्न स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानी राष्ट्रपतिद्वारा १५ सय तालिवान बन्दी रिहा गर्न स्वीकृत

ashraf ghani taliban

एजेन्सी, २८ फागुन । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले विद्रोही समूह तालिवानसंगको शान्ति सम्झौतालाई निश्चित गर्न १५ सय तालिवान बन्दी रिहा गर्न स्वीकृत गरेका छन् । निर्वाचनमा निर्वाचित भएर शपथ लिएपछि राष्ट्रपति घानीले १५ सय तालिवान बन्दी रिहा गर्न स्वीकृत गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति घानीले जारी गरेको आदेशमा सबै बन्दीहरुलाई फेरी युद्धको मैदानमा नफर्कने लिखित ग्यारेन्टी तालीवानले दिनु पर्ने उल्लेख छ । बदलामा तालिवानले पनि १ हजार सरकारी सेना छोड्न सहमत भएको छ । राष्ट्रपति घानीको आदेशमा १५ सय तालिवान बन्दी दिनको १ सयका दरले १५ दिन भित्र रिहा हुने उल्लेख छ ।

तालिवानसंगको सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न शुरु गरेसंगै यो निर्णय आएको हो । अफगानीस्तानमा दुई दशक लामो द्वन्द्व अन्त्य गर्ने प्रयासमा अमेरिकाको पहलमा प्रत्यक्ष वार्ता सुरु गर्ने उद्देश्यले बन्दी रिहाइ अघि बढाइएको हो ।

राष्ट्रपति घानीले यस अघि तालिवानसँग अमेरिकाले गरेको सम्झौताको एक भागका रूपमा तालिवान बन्दीहरूलाई रिहा गर्न अस्वीकार गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);