कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ हजार ३ सय ६५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ हजार ३ सय ६५ पुग्यो

एजेन्सी, २८ फागुन । चीनको वुहानबाट गत डिसेम्बर महिनादेखि फैलिन थालेको कोरोना भाइरस चीनमा केहि नियन्त्रण भएपनि इटाली र इरानमा भने बढ्दै गइरहेको छ ।

बुधबारसम्म विश्वमा ४ हजार ३ सय ६५ जनाको ज्यान लिइसकेको कोरोना भाइरस १ सय २० वटा देशमा फैलिसकेको छ । पछिल्लो समय चीनमा मृतक र कोरोना संक्रमितहरु कम हुँदै जाँदा इटालीमा भने बढ्दै गएको छ ।

इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ३१ पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । इटालीमा संक्रमितको संख्या १० हजार सय ४९ पुगेको छ ।

इटालीपछि सबैभन्दा बढी इरानमा ३ सय ५४ दक्षिण कोरियामा ६१, स्पेनमा ३७, फ्रान्समा ३३, अमेरिकामा ३१, जापानमा १२ जनाको मृत्यु भएको छ ।

यसैबीच कोरोना भाइरस संक्रमणको आशंकामा पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसालाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।

बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भइरसको संक्रमण देखिएपछि उनी चिकित्सकको सल्लाहमा आवश्यक उपचार र नीजि निवासमा नै क्वारेन्टाइनमा बसेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);