कोरोना भाइरस : विश्वमा झण्डै आठ हजार जनाको मृत्यु, चीन बाहिरमात्रै ४ हजारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना भाइरस : विश्वमा झण्डै आठ हजार जनाको मृत्यु, चीन बाहिरमात्रै ४ हजारको मृत्यु

corona

एजेन्सी, ५ चैत । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइसरको संक्रमण अहिले विश्वका १ सय ६० भन्दा बढी देशमा फैलिएको छ ।

कोरोना सक्रमणबाट विश्वमा अहिलेसम्म ७ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ । पछिल्लो समय चीनमा भन्दा अमेरिका र युरोपका देशहरुमा कोरोनाको संक्रमण बढिरहेको छ । यूरोपमा कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित इटालीमा थप ३ सय ४५ जनाको मृत्यु भएको छ ।

त्यहाँ मृतकको संख्या २५ सय नाघेको छ भने संक्रमितको संख्या ३१ हजार ५०६ रहेको छ । इरानमा पनि थप १ सय ३५ जनाको मृत्यु भएको छ । त्यहां मृतकको संख्या ९ सय ८८ र संक्रमित १६ हजार १६९ पुगेका छन् । स्पेनमा पनि थप १ सय ९१ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ भने अमेरिकामा १ सय ९ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);