कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार २५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार २५ पुग्यो

corona dead

एजेन्सी, २७ फागुन । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ ।

४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय १३ वटा मुलुकमा उपचार भइरहेको छ । संक्रमित भएका १ लाख १४ हजार २ सय ९९ मध्ये ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ४ सय ६३ जनाको मृत्यु भएको छ । थप ९७ जना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ४ सय ६३ पुगेको हो । इटालीमा सेनाप्रमुखलाई समेत कोरोनाभाइरसको संक्रमण भएको बताइएको छ ।

यस्तै इरानमा कोरोना भाइरसका कारण २ सय ३७ जनाको मृत्यु भएको छ । ७ हजार १ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ । दक्षिण कोरियामा थप १ सय ६५ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ । मृतकको संख्या ५३ छ ।

यता फ्रान्स र स्पेनमा कोरोनाभाइरसबाट ३०-३० जनाको मृत्यु भएको छ भने अमेरिकामा मृतक हुनेको संख्या २६ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);