कोरोनाभाइरस : इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाभाइरस : इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

italy coronavirus

एजेन्सी , १६ चैत । कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको सिभिल प्रोटेक्सनका अनुसार शनिबार मात्रै थप ८८९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १० हजार २३ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा इटालीमा थप ५ हजार ९ सय ७४ जनामा संक्रमण देखिएको छ । इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

त्यस्तै अमेरिकामा पनि पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा पनि थप ८४४ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नै फ्रान्समा ३२४, बेलायतमा २६०, इरानमा १३९, जर्मनीमा ८२, नेदरल्यान्ड्समा ९३, बेल्जियममा ६४ र स्विजरल्यान्डमा ३३ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर ३० हजार ८ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ६ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब एक लाख ४२ हजार निको भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);