अमेरिकामा कोरोनाले एकै दिन २५ सय बढीको मृत्यु, भारतमा मृतकको संख्या हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकामा कोरोनाले एकै दिन २५ सय बढीको मृत्यु, भारतमा मृतकको संख्या हजार नाघ्यो

corona

एजेन्सी, १७ वैशाख । दुई दिनदेखि मृतकको संख्यामा कमि आएको अमेरिकामा कारोना भाइरसका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ । आइतबार र सोमबार करिब १३ सयको हाराहारीमा ज्यान गुमाएको अमेरिकामा पछिल्लो २४ घण्टामा भने करिब २५ सयले बढीको मृत्यु भएको छ ।

त्यस्तै, एकै दिन २५ हजार ९८ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमतिको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ । अमेरिकापछि इटालीमा धेरैको मृत्यु भएको छ । इटालीमा २७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ भने २ लाख १ हजार ५ सय ५ संक्रमित छन् । त्यस्तै स्पेनमा २ लाख ३२ हजार १ सय २८ संक्रमित रहेका छन् । त्यहाँ २३ हजार ८ सय २२ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा २३ हजार ६ सय ६० जनाको मृत्यु हुँदा एक लाख ६५ हजार ९ सय ११ संक्रमित छन् ।

बेलायतमा एक लाख ६१ हजार १ सय ४५ जनामा संक्रमण भेटिएको छ भने २१ हजार ६ सय ७८ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा १ लाख ५९ हजारमा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ६ हजार ३ सय १४ पुगेको छ । त्यस्तै टर्कीमा पनि १ लाख १४ हजार संक्रमित रहेका छन ्। टर्कीमा २ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ । रुसमा तीब्र रुपमा फैलिएको यो भाइरका कारण एकै दिन ७३ जनाले ज्यान गुमाउँदा ९३ हजार ५ सय ५८ संक्रमित छन् ।

नेपालको छिमेकी देश चीनमा मृत्यु शुन्यमा झरेको छ । चीनमा ६ जनामा संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ८२ हजार ८ सय ३६ जनामा संक्रमण देखिएकोमा ७७ हजार पाँच सय ५५ जना निको भइसकेका छन् । भारतमा ३१ हजार संक्रमित हुँदा मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।

कोरोनाका कारण विश्वभर अहिलेसम्म ३१ लाख ३६ हजार २ सय ३२ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या २ लाख १७ हजार ७ सय ९९ रहेको छ । विश्वभर ९ लाख ५३ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);