विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ८२ लाख नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ८२ लाख नाघ्यो

WHO warns

एजेन्सी, १९ साउन । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख ३६ हजार ७२ पुगेको हो । यस्तै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ९२ हजार ८ सय ९ पुगेको छ ।

त्यस्तै १ करोड १४ लाख ४५ हजार ९ सय ८२ जना उपचारपछि निको भएर फर्किएका छन् । कोरोनाबाट संक्रमित हुने देशको पहिलो सूचिमा अमेरिका रहेको छ । अमेरिकामा ४८ लाख १३ हजार ६ सय ४७ जनामा कोरोना संक्रमित हुँदा १ लाख ५८ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै दास्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो तथ्याक अनुसार २७ लाख ३३ हजार ६ सय ७७ जनामा संक्रमण देखिदा ९४ हजार १ सय ३० जनाको मृत्यु भइसकेको छ । यता छिमेकी देश भारतमा पनि कोराना संक्रमण दर र मृत्यु दर दिनहुँजसो बढिरहेको छ ।

१८ लाख ५ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि हुँदा ३८ हजार १ यि ७६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै रुसमा १४ हजार १ सय २८, दक्षिण अफ्रिकामा ८ हजार ३ सय ६६, म्याक्सिकोमा ४७ हजार ७ सय ४६ जानको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);