थप २९ सय ३३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ७६ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप २९ सय ३३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ७६ हजार नाघ्यो

काठमाडौं, १७ कार्तिक । नेपालमा सोमबार थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप १६ सय २२ जनासंगै देशभर २ हजार ९ सय ३३ जना नयाँ सक्रिमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप १६ सय ३० जनामा संक्रमण

उपत्यकाका काठमाडौंमा १३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये ६ सय ३७ जना महिला र ९ सय ८५ जना पुरुष छन् । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना घर फर्केका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

त्यस्तै सोमबार नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ३७ हजार ५ सय २४ जना रहेका छन् । संक्रमितमध्ये २१ दशमलव २ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् ।

यस्तै हालसम्म कुल संक्रमितको शुन्य दशमलव ६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८ दशमलव २ प्रतिशत रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);