नेपालमा सोमबार ४ सय ८८ जना थप कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमा सोमबार ४ सय ८८ जना थप कोरोना संक्रमित

काठमाडाैं, २७ पुष । नेपालमा सोमबार ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौँमा २३०, ललितपुरमा ६९ र भक्तपुरमा १५ गरि देशभर ४ सय ८८ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ ।

यस्तै सोमबार ५ सय २७ जना उपचारपछि कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);