२ सय ६६ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२ सय ६६ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ, ५ माघ । नेपालमा सोमबार २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।सोमबार ४ हजार ३ सय ६ पीसीआर परीक्षणहुंदा काठमाडौं उपत्यकामा १ सय ६३ जनासंगै मुलकभर २ सय ६६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ । यसैगरी मंगलबार ४ सय कोरोना संक्रमणबाट मुक्त भएका छन् योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय १९ रहेको छ । ती मध्ये १ सय ६१ जनाको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);