थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार नाघ्यो

corona update

काठमाडौं, २० जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९९ पुगेको छ । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २ सय ९९ पुगेको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

हालसम्म संक्रमित मध्ये २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन । नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।मन्त्रालयका अनुसार हालसम्म पीसिआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ जनाको नमूना परीक्षण भएको छ ।

देशैभरी गरेर अहीले १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन भने १ हजार ८ सय २५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);