नेपालमा थप ४ सय १९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा थप ४ सय १९ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ पुष । नेपालमा शनिबार थप ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ । शनिबार ५ हजार पिसिआर परिक्षणहुँदा ४ सय १९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।

त्यस्तै शनिबार ७ सय ५० जना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमण मुक्त भएपछि नेपालमा कोरोना निको हुने प्रतिशत ९७ दशमलव १ रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ११ रहेको छ । अहिले क्वारेन्टाइनमा ३ सय ६७ र आइसोलेसनमा ५ हजार ७ सय ११ जना रहेका छन् ।

यसैगरी कोरोना संक्रमणबाट शनिबार थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ७० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत शुन्य दशमलव ७१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);