नेपालमा थप १ सय २० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपालमा थप १ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं, १२ चैत । मंगलबार नेपालमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भएका २ हजार ८ सय ९१ पीसीआर परीक्षणमध्ये १ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या दुई लाख ७६ हजार ५ सय ९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या तीन हजार २० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुईलाख ७२ हजार २ सय ७२ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । संक्रमणमुक्त हुनेको यो संख्या कुल संक्रमितको ९८.५ प्रतिशत हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);