नेपालमा थप १ सय ४५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमा थप १ सय ४५ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ चैत । बुधबार नेपालमा १ सय ४५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भएका ३ हजार ९ सय ६३ पीसीआर परीक्षणमध्ये १ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या भने १ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ३ हजार २० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

अहिले सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८२ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);