नेपालमा थप १ सय १४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा थप १ सय १४ जनामा कोरोना संक्रमण

काठमाडौं, ३ चैत । पछिल्लो २४ घण्टामा नेपालमा एक सय १४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका २ हजार ७ सय ७० पीसीआर परीक्षण मध्ये १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपाल संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४ सय ९५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);