नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं, १५ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

नेपालमा हाल ९ सय ६७ सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ पगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);