नेपालमा थप २७० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा थप २७० जनामा कोरोना संक्रमण

काठमाडौं, ११ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या  २ लाख ६९ हजार ४ सय ५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप  ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ हजार १  पुगेकाे छ ।

त्यसैगरी २४ घण्टामा ४०३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);