रोटरी क्लब अफ मध्यपुरद्वारा नगरपालिका अस्पताललाई मेडिकल उपकरण सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रोटरी क्लब अफ मध्यपुरद्वारा नगरपालिका अस्पताललाई मेडिकल उपकरण सहयोग

सुवास चौलागाईँ
भक्तपुर, १३ माघ ।
रोटरी क्लब अफ मध्यपुरथिमि भक्तपुरले मध्यपुरथिमि नगरपालिकाको सहकार्यमा संचालनमा आएको नेपाल कोरियन मैत्री नगरपालिका अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन २ की अस्स्टिेन गभनर रमा कंडेलले अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष तथा मध्यपुरथिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठलाई भेन्टिलेटर २ थान, व्हिलचेयर ४ थान र अन्य मेडिकल उपकरण हस्तान्तरण गर्नुभएको थियो । उहाँले कार्यक्रममा रोटरी क्लब अफ मध्यपुरले गरेको कार्यमा खुशी व्यक्ति गर्दै रोटरी क्लबले शिक्षा,स्वास्थ्य क्षेत्रहरुमा अझ बढी सक्रिय रहने बताउनुभयो ।

कार्यक्रममा रोटरी क्लब अफ मध्यपुरका संस्थापक अध्यक्ष सुरेन्द्र प्रजापतिले रोटरी एउटा बिशुद्ध सामाजिक संस्था भएकोले सधै स्थानीय जनता र समाजको हितको लागि नगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);