नेपालमा थप ४ सय १९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नेपालमा थप ४ सय १९ जनामा कोरोना संक्रमण

काठमाडौं, १९ पुष । नेपालमा आइतबार थप ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा आइतबार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६१ हजार ८५९ संक्रमितको संख्या पुगेको छ । 

त्यसैगरी २४ घण्टामा ६३७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ४८७ छ ।

यसैगरी कोरोना संक्रमणबाट थप ८  जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);