थप ४ सय ३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

थप ४ सय ३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं, २० पुष । नेपालमा सोमबार थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

२४ घण्टामा ५ सय ९४ संक्रमित डिस्चार्ज, ७ को मृत्यु

त्यसैगरी २४ घण्टामा ५ सय ९४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);